कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन हुने

307

साझाट्युव : चैत ३, काठमाडौं ।

कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन हुने भएको छ । शुक्रबार बस्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।

यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने बोर्डले तयारी गरेको छ । कोरोना प्रभावका कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छोडेको हो । अनलाइन माध्यमबाट परीक्षा बोर्डले पठाएको प्रश्नपत्र परीक्षाकेन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ ।

LEAVE A REPLY