साझट्युब : १६ जेठ, उदयपुर।
उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । सोमबार बिहान मकवानपुरको हेटौंडाबाट मिक्सु सोलु हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड ट्रक बिहान साढे दुई बजे दुर्घटना भएको हो ।
कच्चि सडकमा चालक निदाएका कारण ट्रक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा परि ट्रकका चालक बाराको सिमरा–१ का ३५ वर्षीय सुजित घलान, सहचालक २५ वर्षीय नितेश खड्का, ट्रकमा सवार सिमरा–१ का १७ वर्षीय अनुज लामा र ३७ वर्षीय राजन तामाङको घटनास्थलमै ज्यान गएको छ।
ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको छ ।