साझट्युब : ३० जेठ,काठमाडौं ।
नेकपा एमालेका सांसद डा. सूर्यप्रसाद पाठकले सरकारले मल ल्याउनमा ढिलाइ गरिरहेकोप्रति आशंका व्यक्त गरेका हुन् ।
आज सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार कतै मलको हाहाकार देखाएर माल कमाउने तरिका खोजिरहेको त होइन भन्दै प्रश्न समेत गरेका थिए ।
पाठकले एकातिर समयै मल पाएको छैन भने अर्कोतिर मलको मूल्य आकाशिएको छ,भन्दै सरकारकोप्रति विरोध जनाएका हुन् ।
‘ गएको वर्ष युरिया मलको प्रतिकेजी मूल्य ५५ थियो, भने डिएपीको प्रतिकेजी मूल्य ८२ रुपैयाँ रहेको थियो । तर अहिले १ केजी युरिया मलको मूल्य एक सय ३९ पुगेको छ, त्यस्तै एक केजी डिएपीको मूल्य एक सय ६८ पुगेको छ,’ भने, ‘एकातिर मल पाइएको छैन भने अर्कातरि मलको मूल्य अकासिएको छ पाठकले भने । सरकारकै अकर्मण्यताका कारण मल ल्याउनकोलागी २ सय २६ दिन लाग्ने गरेको छ । मलको हाहाकार देखाएर कहिँ कतै माल कमाउने तरिकात खोजिएको त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ उनले भने ।’