कम्युनिष्टले मात्र ‘समृद्ध नेपाल, सुखी नेपालि’ अभियानलाई माया गर्छ : ओली

244

साझाट्युव : चैत १९ ,काठमाडौं।
एमाले अध्यक्ष केपी ओलीले कम्युनिष्टले मात्र ‘समृद्ध नेपाल, सुखी नेपालि’ अभियानलाई माया गर्ने बताएका छन् ।

एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्नेक्रममा बोल्दै उनले राष्ट्रिय हित चिताउने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट मात्र हुने बताएका हुन् ।

यसैगरी,देशमा नाफामूलक राजनीतिले अस्थिरता ल्याएको बताउँदै अध्यक्ष ओलीले नाफामूलक राजनीति गर्नेले नाफा नहुने बित्तिकै पार्टी टुक्र्याउने गरेको आरोप पनि लगाए ।साथै,उनले एमाले पार्टि समृद्ध नेपाल र सुखी नेपालीको अभियानका साथ अघि बढेको बताए ।

त्यस्तै,आस्थाका आधारमा कसैमाथि विभेद नगर्ने बताउँदै अध्यक्ष ओलीले राजनीतिक आस्थाभन्दा राष्ट्र हितको विषयमा मिलेर काम गर्न सकिने उल्लेख समेत गरे ।

LEAVE A REPLY