करिश्मा मानन्धरले आफूलाई नकारात्मक टिप्पणी गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने दिइन् चेतावनी

269

साझट्युब : १२ जेठ, काठमाडौं ।

अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो रोज्ने चेतावनी दिएकी छन् ।

नेकपा एमालेले स्थानीय निर्वाचनमा राम्रो परिणाम ल्याउन नसके पछि उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।

जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।

यत्रोवर्ष चलचित्रमा क्षेत्रमा काम गरेर देश र जनतालाई अभिनय पस्किएँ । कुनै चलचित्र चले कुनै चलेनन् । तर तल्लोस्तरको टिप्पणी कहिल्यै भोग्नु परेन’ उनले भनिन् ‘ राजनीतिमा कुनै गलत अभिप्रायले पाइला राखेको होइन । जीवनभर पुग्ने सबै छ मसँग ।’ आफू राजनीतिमा सबैको आवाज बन्न केही गर्न आएको बताउँदै उनले प्रश्न पनि गरिन् ‘के आधारमा यो गाली गर्दै हुनुहुन्छ तपाईंहरु मलाई ?

हो एक दुई पटकसम्म सहनु ठिक छ । तर बारम्बार गर्दा अति हुन्छ । उनले अगाडि थपेकी छन्, ‘बिहान उठेर फोन हेर्नासाथ यहाँहरुको जे पायो त्यही भनाइ हेर्नुपर्ने ?’ उनले राम्रो सोच्न, राम्रो बोल्न सबैलाई सुझाएकी छन् ।

LEAVE A REPLY