कर्णालीमा चार हजार भन्डा माथि विस्थापित

267

साझाट्युव : असोज २७,सुर्खेत । 

भेरीगङ्गा – बिगत पाँच दिनकोदेखिको लगातारको भएको वर्षापछिको बाढी पहिरोले गर्दा कर्णाली प्रदेशमा सात सय १५ घर परिवारका लगभग चार हजारभन्दा धेरै व्यक्तिहरु विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सात सय १५ घरपरिवारका चार हजार एक सय पाँच जना विस्थापित रहेका हुन् ।

धेरैमात्रमा मुगुका दुई सय १४ घरपरिवारका ११ सय दुई जना विस्थापित रहेका छन् । त्यसैगरी सबैभन्दा कम जाजरकोटका र रुकुमपश्चिममा तीन/तीन घरपरिवारका ३० जना व्यक्ति विस्थापित भएका छन् ।

 

त्यस्तै सुर्खेतका आठ घरपरिवारका ४५ जना, दैलेखका २४ घरपरिवारका ९१ जना, सल्यानका ६० घरपरिवारका दुई सय २१ जना, र जुम्लामा एक सय ८७ घरपरिवारका एक हजार एक सय ६६ जना विस्थापित भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका सूचना अधिकारी माधवप्रसाद श्रेष्ठले बताएका छन् ।

त्यसैगरी कालीकोटमा एक सय ६७ घर परिवारका एक हजार दुई सय ६९ जना, हुम्लाका ४५ घरपरिवारका एक सय ८१ जना विस्थापित रहेको र डोल्पामा चार घरपरिवार विस्थापित भएका उनले बताएका छन् ।

प्रहरीले दिएको तथ्याङ्कअनुसार मृतकको सङ्ख्या ३६ पुगेको छ । राहत र उद्धारका निम्ति एक हजार नौ सय ३८ प्रहरी खटाइएको सूचना अधिकार श्रेष्ठले जानकारी दिएका छन् । प्रतिकूल मौसमका कारण लिइएको राहत सामग्री प्रभावित व्यक्तिहरुलाई वितरण गर्न नसकिएको j बताएका छन् ।

LEAVE A REPLY