कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा होली पर्वको शुभकामना

357

साझाट्युव : चैत ३, कर्णाली ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले होली पर्वको अवसरमा शुभकामना दिएका छन् ।

बि.स.२०७८ सालको फागु पूर्णिमा (होली पर्व) अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा यो पर्वले लोक संस्कृतिको प्रवद्र्धनमा थप टेवा पुर्याउने व्यक्त गरेका हुन् ।साथै, खुसीको पर्वका रुपमा होलीलाई हर्षोल्लासपूर्वक मनाउँदै आपसी सद्भाव, आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिमा योगदान पुर्याउने पनि उनको विश्वास छ ।

मुख्यमन्त्री शाहीले शुभकामना सन्देशमा “होली पर्वले समाजमा विद्यमान विभिन्न विकृति, विसङ्गति, कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य, सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र सम्वद्र्धनमा सबैलाई उत्पे्ररित गरिरहोस् भन्ने कामना गर्दछु ”भनेका छन् ।

यो पर्व आज हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लामा मनाइंदैछ भने तराईका जिल्लामा भोलि (शुक्रबार) मनाइँदैछ ।

LEAVE A REPLY