कवि बुद्दिमान परियारको आफ्नो ‘मैवाखोला’

491

साझाट्युव : चैत २, काठमाडौं ।

सामाजिक ,चेतनामुलक सम्बन्धि लेख,रचना अनि गीतमा आफ्नो छुट्टै छवि बनाएका स्रस्टा हुन् बुद्दिमान परियार। यसैगरी,उनलाइ राजनीतिक विश्लेषकको रुपमा चिनिन्छ।

यसरि बिभिन्न विषयमा कलम चलाउदै आएतापनि उनले लेखेको युगपुरुष मदन भण्डारीको जीवनीको गीत रेकर्डिङ्ग देखि नै चर्चामा आएको छ। जुन गीतलाई शिशिर योगी र कोमल वोलीले स्वर दिएका छन्। र ,यस गीतको चाडै म्युजिक भिडियो समेत सार्वजनिक हुँदैछ।
ताप्लेजुङ्ग जिल्लाका बुद्दिमान आफ्नो ठाउँमा ज्यादै लोकप्रिय समाजसेवी र युवा राजनीतिकर्मी भनेर पनि परिचित रहेका छन्।

उनै बुद्दिमान परियारले लेखेको आफ्नो जन्म भुमि ताप्लेजुङ्ग भित्रको एउटा ‘मैवाखोला’ शिर्षकको यो गीति-कोसेली हामीले साझाट्युब डटकममा राखेका छौं ।

‘मैवाखोला’
– कवि बुद्दिमान परियार।

तिनवटा गाउँको
मैवाखोला नाउँभो
प्रकितिले दिएको
सबैथोक भएको।

गाउँको नै सुन्दर
साँघुपाटि बजार
घुम्न जाने रहर
कतिराम्रो सहर।

मिल्केडांडा काखमा
गुराँसको हारी छ
गोरुजुरे छेउमा
जलजले पारि छ।

घमाइलो फाकुम्वा
तेम्बेमाथि लेकुवा
सिधाझर्ने माङ्माया
फेराेमार्ने नेरुवा।

तेल्लावुङ्ग आडमा
फटेङ्ग्रेको फाँटमा
धानावाला झुलेको
मन त्यतै भुलेको।

LEAVE A REPLY