काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

330

साझाट्युव : चैत ११,काठमाडौं ।

नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित रहने छ । आजको बैठकमा गठबन्धन, उम्मेदवारको मापदण्ड र प्रारम्भिक समीक्षा लगायतमा छलफल हुने बताइएको छ।

काँग्रेसको २९ फागुनदेखि शुरु भएको घरदैलो अभियान यहि चैत २९ मा सकिँदैछ । बैठकमा हालसम्मको प्रारम्भिक समीक्षा समेत हुनेछ । सभापति शेरबहादुर देउवाद्वारा महामन्त्री गगन थापालाई स्थानीय चुनाव घोषणा पत्र निर्माण समिति संयोजक तोकिसकिएको छ ।

LEAVE A REPLY