काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहबाट ३ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु भित्रियो

165

साझट्युब :१० जेठ, काठमाडौं ।

डेढ महिनाको अवधिमा काठमाडौंको चोभारस्थित सुख्खा बन्दरगाहबाट ३ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु भित्रिएको छ । सरकारले भन्सार बिन्दु नै काठमाडौं हुने गरी सुख्खा बन्दरगाह सञ्चालनमा ल्याएको हो ।

२ सय २० रोपनी क्षेत्रफलमा बनेको बन्दरगाहमा ५ सय ट्रक पार्किङ गर्न सकिन्छ ।

२२ चैतमा उद्घाटन भएको यो संरचनाबाट वैशाख मसान्तसम्म कुल ३ करोड २६ लाख ६ हजार रुपैयाँ बराबरको सामान आएको तथ्यांक छ । यो भन्सार बिन्दुबाट निर्यात भने शून्य रहेको छ ।

नेपालमा कुल २६ वटा भन्सार बिन्दुबाट वैशाख मसान्तसम्म कुल १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको सामान नेपाल आयात भएको छ । यस अवधिमा १ खर्ब ७३ अर्ब ३४ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।

LEAVE A REPLY