काठमाडौंमा बालेन साहको सुरुबाटै अग्रता कायमै

253

साझट्युब :२ जेठ, काठमाडौं ।

काठमाडौं महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुबाटै अग्रता यथावात राखेका हुन् ।

आइतबार १, २, ३, ४ र ३२ को मतगणना गर्दा अग्रता लिएका साहले सोमबार थप वडाहरुको गणना गर्दा पनि अग्रता अझ फराकिलो बनाउँदै गएका हुन् ।

महानगरको वडा नम्बर १ र २ को मतगणना भइसकेको छ । भने वडा नं १ मा बालेनले ७८३ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३६५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४५१ मत प्राप्त गरेका हुन् ।

त्यस्तै वडा नं २ मा बालेनले एक हजार २२०,मत ल्याउदा स्थापितले ७२८ र सिंहले ४९७ मत पाएका हुन् ।

१,र २ दुबै वडाको अध्यक्षमा एमालेका उम्मेदवार बिजयी भएका छन् । यता एमालेका वडाध्यक्षका उम्मेदवारको मत भन्दा मेयरका उम्मेदवार स्थापितले कम मत ल्याएका छन् । वडा नम्बर १ का अध्यक्षमा बिजयी भरतलाल श्रेष्ठले ६२२ मत ल्याएका थिए ,भने स्थापितले ल्याएको मत भन्दा २५७ बढी छ ।

त्येस्तै , वडा नं २ को अध्यक्षमा निर्वाचित राजेन्द्रकुमार श्रेष्ठले मेयरका उम्मेदवार स्थापितको ६४९ मत पाएको भन्दा बढी अर्थात् १ हजार ३७७ मत पाएका छन् ।

यस्तै कांग्रेस उम्मेदवार सिंहले पनि आफ्नो पार्टीका वडाध्यक्षको उम्मेदवारले भन्दा कम मत ल्याएकी हुन् ।

कांग्रेसका वडाध्यक्षको उम्मेदवार किरण श्रेष्ठले वडा नं १ मा ५९८, मत पाएका छन्,भने नेकपा माओवादी केन्द्रका अर्जुन महर्जनले ३८,मत पाएका हुन् र एकीकृत समाजवादीका पुष्पकाजी श्रेष्ठले ३६ मत ल्याएका हुन् । उनीहरु सबैले ल्याएको मत जोड्दा ६७२ हुन्छ , जुन मेयरका उम्मेदवार सिंहले प्राप्त गरेको भन्दा २२१ ले बढी हो ।

सोमबार मतगणना हुँदैगरेको वडा नं ३, ४, ५, ६, ३१ र ३२ मा नेकपा एमालेले राम्रो मत आउने अनुमान भएको थियो । तर एमालेको अनुमान बमोजिम वडाध्यक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्, भने मेयरका उम्मेदवार स्थापितले त्यस अनुपातमा मत पाउन सकेको छैन ।

त्यस्तै वडा नम्बर ५, ६ र ३१ को मतगणना सुरु गर्नु अगाडि एमालेका नेताहरुले यी तीनवटै वडाको मत गन्न सुरुभएपछी बालेन पछाडि पर्छ भनेका थिए । तर, मतगणनाको परिणाम आउँदा एमालेको अनुमान पनि फेल भएको छ ।

सोमबार साँझ ८ बजेसम्मको तथ्याङ्क अनुसार मतगणना भइरहेको ६ वटै वडामा बालेनको अग्रता कायामनै रहेको छ । वडा नं ३ मा सोमबार साँझसम्म बालेनले १२७६,मत ल्याएका छन् ,भने स्थापितले ६७८ मत पाए संगै सिंहले ६३० मत पाएकी छन् ।

यता वडा नं ४ मा बालेनले १५३९ मत पाएका छन् । जहाँ स्थापितको मत ७४५ अनि सिंहको मत ३६३ मत छ । वडा नं ५ मा बालेनले ५९७ मत पाउदा स्थापितले ३८६ र सिंहले २७१ मत पाएका छन् ।

त्येस्तै वडा नं ६ को मतगणनामा पनि सुरुवातबाटै बालेनले अग्रता लिएका छन् हुन् । यो वडाबाट बालेनले १२४ मत पाउदा स्थापितले १०० र सिंहले १०७ मत ल्याएका छन्

वडा नं ३१ मा बालेनले ७५८, मत पाएका छन् ,भने स्थापितले ४५८ र सिंहले ४३१ मत ल्याएका छन् । वडा नं ३२ मा पनि सुरुवात बाट नै अग्रतामा रहेका बालेनले एक हजार ७४० मत पाउदा स्थापितले ७९९ र सिंहले ६८० मत ल्याएका छन् ।

मतगणनामा बसेका राजनीतिक दलका प्रतिनिधिहरुका भनाइ अनुसार धेरै मतदाताले एक भोट वालेनलाई अनि बाँकी पार्टीका उम्मेदवारलाई दिएको पाइएको छ । कतिपयले मेयरमा पार्टीका उम्मेदवार र वालेन दुवैलाई मत दिँदा बदर मतको संख्या पनि धेरै भएको छ ।

LEAVE A REPLY