साझट्युब : २८ जेठ, काठमाडौं ।
काठमाडौँ उपत्यकामा आज शनिबार बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको जाँदा धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मुख्य भक्तपुरको चाँगुनारायण क्षेत्रलाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यो नयाँ कम्पन नभई गोरखा भूकम्पकै पराकम्पन भएको केन्द्रले बताएको छ ।