काठमाडौं-१६ मा वडा अध्यक्षद्वारा नै फोहोर उठाउन थालियो

174

साझट्युब : २३ जेठ , काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा फोहोर उठाउन थालिएको छ । झण्डै दुई सातादेखि फोहोर नउठ्दा सहर नै दुर्गन्धित बन्न थालेपछि वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन् ।

बालाजुचोकदेखि सोह्रखुट्टेसम्मको प्रमुख सडक पेटीमा फालिएका फोहोर उठाउन सुरु गरिएको छ । लगभग ९/१० गाडी फोहोर उठाएका छौं वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जनाए ।

संकलन भएको फोहोर वडा क्षेत्रकै २/३ वटा ठाउँमा लगेर व्यवस्थापन गर्ने तयारी भइरहेको छ । स्थानीयलाई प्रभाव नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने सहमति पनि भइसकेको छ ।’उनले गल्ने र नगल्ने फोहोर छुट्टयाएर पुर्ने बताए। तर बस्ती बाहिर ठाउँमा पुर्ने योजना रहेको उनले जनाए ।

भट्टराईका अनुसार सोमबार बिहानै वडाध्यक्षसहितका जनप्रतिनिधिले स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग फोहोर व्यवस्थापन बारे छलफल गरी सहमति जुटाएका छन् ।

वडाध्यक्ष मुकुन्द रिजालले फोहोर व्यवस्थान गरिने ठाउँका स्थानीयसँग पनि आवश्यक छलफल गरी स्थानीयकै सहमतिमा फोहोर व्यवस्थापन गर्ने ठाउँको पनि पहिचान गरिएको भट्टराईले जनाए ।

LEAVE A REPLY