काठमान्डौको मुटु सिंह दरवार अगाडि नै असरल्ल फोहोर

336

साझट्युब :२ जेठ, काठमान्डौ ।

यो देखिरहनु भएको दृश्य हो काठमान्डौको सिंह दरवार बाहिर , अनामनगर सडक र घट्टेकुलो आसपासमा रहेको फोहोरको थुप्रो । यो त एउटा उदाहरण मात्र हो यस्तो अवस्था प्रत्येक गल्लि गल्लि मा भेटिन्छ , प्रत्येक चोक चोकमा भेटिन्छ । मानिस नाक खुम्चाउदै हिड्न बाध्य छन्।

लामो समय भैसक्यो सडकका फोहोर नउठेको । यसको सिधै असर फोहोर थुपारिएका ठाउँ वरिपरि विभिन्न व्यवसाय गर्दै बसेका व्यवसायीकर्मी लगायत स्थानीय बासी र घर बहालमा बस्ने हरुलाई पर्ने गरेको छ ।

 

 

बैशाख ३० मा हुने स्थानिय चुनाबमा सबै नेता हरु अस्त ब्यस्त रहदा जनताले सास्ती भोग्नु परेको स्थानीय बताउछन् ।

अहिले को मौसममा विभिन्न रोग हरु फोहोरकै कारणले सर्ने गर्दछ। यसरी नै फोहोरलाई असरल्ल छोड्ने हो भने डेंगु, मलेरिया, झाडापखाला आदि जस्ता रोग नफ़ैलेला भन्न सकिन्न ।

बेलै मा सरोकार वाला को ध्यान जाओस

LEAVE A REPLY