‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ : प्रदीप ज्ञवाली

268

साझाट्युव : २२ साउन,काठमाडौं ।

नेकपा एमालेका पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले चुनाव घोषणा गरेको सरकार काम चलाउ रहेको भन्दै सदनलाई विजनेश दिन नसक्ने टिप्पणी गरेका हुन् । सांसद ज्ञवालीको प्रश्न रहेछ, ‘कामचलाउ सरकारले सदनलाई बिजनेस दिन मिल्छ ?’

ज्ञवालीको प्रश्नको जवाफ दिँदै कांग्रेस सांसद डिला संग्रौलाले सरकार पूर्ण बहुमतको रहेको हेक्का राख्न आग्रह पनि गरिन् । यो सवाल जवाफ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाइ महाअभियोग प्रस्ताव अगाडि बढेको बिषयामा भएको हो । ज्ञवालीले भनेका छन्, ‘अब सदन अन्त्य हुने समयामा ल्याएर हामीले न्याय गर्दैछौं ? यो उचित भएन ।’ उनले अब सरकारले नियमित ढंगले बिजनेस दिएर संसद चलाउनु उचित नहुने समेत भनेका छन् ।

यससम्बन्धमा कांग्रेस सांसद संग्रौलाले जवाफ दिँदै भनिन,‘यो सरकार काम चलाउ हो भन्नुभयो । उहाँहरुलाई हेक्का छ कि छैन, यो सरकार काम चलाउ सरकार नभएको पूर्ण बहुमतका साथमा बनेको सरकार हो । यो सरकार पूर्ण बहुमतको रहेको हो । जनताप्रति यो सरकार उत्तरदायी छ । त्यसैले सर्वोच्चमा बिचौलियाहरु अगाडि नबढुन् भनेर महाअभियोग ल्याइएको हो ।’

सांसद संग्रौलाले एमालेलाई चोलेन्द्रको पक्षमा नउभिएर न्यायलयको स्वच्छताको पक्षमा उभिनलै आग्रह पनि गरिन् । यस बिषयामा ‘सत्तापक्ष र प्रतिपक्षको आखाँले नहेरेर न्यायपालिकामा रहेको बिचौलिया र भ्रष्टाचारको विरुद्ध उभिएर जाउँ’ उनले एमालेलाई आग्रह गरेकी छिन् ।

LEAVE A REPLY