किसानलाई फ्रन्टलाइन वर्कर र कृषिलाई उच्च जोखिमयुक्त क्षेत्रभनि घोषणा गर्न फोर एच नेपाल माग

227

साझाट्युव : वैशाख २५, काठमाडौँ ।
फोर एच नेपालले एक वक्तव्य जारी गर्दै किसानहरुलाई तत्काल कोराना बिरुद्धको खोप उपलब्ध गरादिन माग गरेको हो । साथै, किसानलाई फ्रन्टलाइन वर्कर र कृषिलाई उच्च जोखिमयुक्त क्षेत्रभनि घोषणा गर्नलाइनि सरकारसँग माग गरेको छ ।

फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थी मार्फत जारी भएको वक्तव्यमा अगाडि भनिएको छ, किसानहरुलाई मल अनि बीउ खरिद गर्न तथा कृषिजन्य सामाग्री बजारसम्म पुर्याउन कठीनाई भएका हुँदा किसानका निम्ति स्थानीय तहबाटै पासको व्यवस्था हुनुपर्ने भनेको छ ।

वक्तव्यमा भनिएको छ, सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा असिनापानी र खराब मौसमको कारण उत्पादनमा कमी भएको भन्दै तत्काल खाद्यान्न उपलब्ध गराउन तथा किसानलाई उचित क्षतिपूर्ती उपलब्ध गराउनका निम्ति नेपाल सरकारसँग माग रखिएको छ ।

बिगतका वर्षजस्तै यो वर्ष पनि मलको समस्या जहाँको तेही देखिन सक्ने भन्दै तत्काल किसानलाई मल उपलब्ध गराउने व्यवस्था मिलाउनको लागि पनि वक्तव्यमा भनिएको छ । साथै, किसानले लिएको कृषि ऋणलाई सहुलियत दिन अनि ब्याज तिर्ने समयसिमालाइ पनि बढाउन वक्तव्यमा बताएको छ ।

अवस्थीद्वारा जारी भएको वक्तव्यमा भनिएको छ, आगामी वर्षको नीति साथै कार्यक्रममा किसानका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग जोडदार माग राखिएको छ ।

कोभिड १९ को दोस्रो भेरियन्टले महामारीको ठुलो रुप लिएसँगै नेपाल सरकारले गरेको लकडाउनको कारणले कृषि व्यवसाय तथा किसानहरुले ठूलो समस्या झेल्दै आइरहेका अनि कृषि उत्पादन, बजारीकरण साथै उद्यमशिलतामा दिनानुदिन थप नयाँ नयाँ समस्या तथा चुनौतीहरु थपिदै गइरहेको पनि फोर एच नेपालको ठहर रहेको वक्तव्यमा बताएको छ ।

LEAVE A REPLY