साझाट्युव : काठमाडौं,१७ मंसिर, २०८१, सोमबार
कीर्तिपुरमा भएको उपनिर्वाचनमा मेयरमा नेपाली कांग्रेसका कृष्णमान डंगोल विजयी भए ।
हिजो आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम बमोजिम कांग्रेस उम्मेदवार कृष्णमान डंगोल विजयी भएका छन् । उनले ५ हजार ३ सय ३४ मतले विजयी भएका छन् ।
डंगोलका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका प्रा.डा शिवशरण महर्जनले ४ हजार ५ सय ५५ मत पाएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार डा. सुरेन्द्र मानन्धर तेस्रोमा रहे । सुरुवातदेखिनै दोस्रो स्थानमा भएका मानन्धर अन्तिम मतगणनाका क्रममाभने तेस्रो भएका छन् ।
मानन्धरले ४ हजार ३ सय ३७ मत पाएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो स्थानमा रहेका छन् । उनले २ हजार ३६ मत प्राप्त गरेको हुन् ।
गएको ०७९ मा भएको स्थानीय तह निर्वाचनमा पनि यहाँ कांग्रेसबाट नै बिजयी भएका थिए । कांग्रेस उम्मेदवार राजकुमार नकर्मीले ९ हजार ४३ मत पाएको थियो ।
त्त्यससमया नेकपा एमालेका उम्मेदवार केश रत्न बज्राचार्यले ५ हजार ५ सय ७ मत प्राप्तगरी दोस्रो भएका थिए ।
माओवादीबाट चाही शिवशरणलाई नै उम्मेदवार उठाएका थिए । उनले त्यो बेला ४ हजार ९० मत पाएका थिए ।