साझाट्युव : १९ असार, काठमाडौं ।
बुद्दनगर स्थित केएमसी स्कुलमा मृत भेटिएकी रमा रायमाझीको शव १६ घण्टा बितिसक्दा पनि अझै उठ्न सकेको छैन । आफन्तद्वारा हत्या भएको आशङ्का गर्दै स्कुलमा निरन्तर धर्ना दिरहेका छन् ।
स्थाई ठेगाना काब्रे जिल्ला तेमाल गाउ पालिका मेक्षे पौवा ८ घर भई हाल का म न पा बुददानगर डेरा गरि बस्ने २१ वर्षीया रमा रायमाझी बिगत २ वर्षा देखि केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत रहेका थिए। भने उनि शनिवार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
घटनास्थलमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीको नेत्रुत्वोमा प्रहरीको टोलि सहित फरेन्सिक चिकित्सक गोपाल चौधरी लगायतका टिम राति नै घटना स्थल पुगेका थिए । तर अहिले सम्म मृतकका अफन्ताहरुले धर्ना कार्यक्रम जारि राखेका भएता पनि सबलाइ बाहिर निकालिएको छैन ।
मृतक रमा बेलामा घर नाअएपछि उनकी बहिनी गोमा स्कुलमा जाँदा उनले दिदि झुन्डेको अवस्थामा देखेको बताएकी हुन् । स्कुल गेट बहिर धर्नामा रहेका अफान्तहरुले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न साथै सत्य तथ्य बाहिर लेउनलाइ माग राखेका छन् ।
मृतकका बुबा आमा काभ्रेबाट काठमाडौं आइसकेका छन् । घटनाबारे सत्य तथ्य बाहिर नाअएसम्म निरन्तररुपमा धर्ना दिने मृतकका मामा समिर केसीले बताए ।