साझट्युब : १७ जेठ काठमाडौं ।
मंगलबार चाबहिलस्थित केएल टावर अगाडि ‘कबड्डी–४’ की नायिका मिरुता मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शन भएको छ ।
सोमबार ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामाले आफूमाथि दुर्व्यवहार गरेको भनेर मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको रिहाइ तथा नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन् ।
प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्र ‘कबड्डी ४’को प्रदर्शन रोक्न पनि माग गरेका छन् ।