केन्द्रीय समिति बैठकको पूर्व तयारी स्वरुप वरिष्ठ पौडेल पक्षका नेताहरुको छुट्टै बैठक जारि

298

साझाट्युव : चैत ११,काठमाडौं ।
कांग्रेस केन्द्रीय समिति बैठकको पूर्व तयारी स्वरुप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै बैठक बसिरहेका छन् ।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए पौडेल निवास बोहोराटारमा बैठक जारी रहेको छ ।

सो बैठकमा केन्द्रीय सदस्य शशांक कोइराला, दीपक गिरीलगायत र पौडेल निकट केही जिल्ला सभापतिहरु सहभागी छन् ।

केन्द्रीय समितिको बैठक आज दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्दै छ ।

आफ्नो धारणा बनाउन पौडेलले आफू निकटका नेताहरुको बैठक बसालेको स्रोतले बताएको छ ।

LEAVE A REPLY