साझाट्युव : वैशाख २७ , काठमाडौँ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट १३ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३ हजार ६३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार २ हजार ३७६ पीसीआर परीक्षण गर्दा १२ जना र १२५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो ।