क्रिप्टोकरेन्सीका सम्पूर्ण वेबसाइट र एप्लिकेशन नेपालमा नचल्ने

212

साझाट्युव : चैत १, काठमाडौं ।

अब नेपालमा क्रिप्टोकरेन्सी (भर्चुअल मुद्रा) अन्तर्गतका बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन जुवा (बेटिङ)लगायत जस्ता कुनै पनि वेबसाइटहरू नखुल्ने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र लेख्दै यस्ता कुनै पनि डिजिटल मुद्रा कारोबार गर्ने तथा नेटवर्किङ व्यवसाय गर्ने वेबसाइटहरू तथा एपहरुलाइ बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले जनाए अनुसार भर्चुअल मुद्रालाई पूर्ण निस्तेज गर्ने गरी अर्थमन्त्रालय मन्त्रिपरिषद्को निर्णय अनुसार यस्ता वेबसाइटहरु, एपहरु बन्द गर्न पत्र आए पश्चात यस्तो निर्देशन गरिएको छ ।

तत्काल नै कार्यान्वयनमा जाने गरी यस्ता आर्थिक अपराधसँग सम्बन्धित एप र वेबसाइट प्रयोग, सञ्चालन तथा व्यवस्थापन गर्न नपाउने गरी निषेध, डिसेबल र कालोसूचीमा राख्न निर्देशन पनि गरिएको प्राधिकरणले जनाएको छ ।

LEAVE A REPLY