साझाट्युव : वैशाख २१, काठमाडौं ।
खरिदार विनोद तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
मालपोत कार्यालय टोखा, सरस्वती, काठमाडौंमा कार्यरत खरिदार तिवारीविरुद्ध अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाे हाे ।
मुद्दा फाँटमा कार्यरत खरिदार तिवारीले जग्गा नामसारी दर्ता गरी जग्गा धनी प्रमाण पूर्जा बनाउने काममा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस मागेकाे माग गरिरहेको भन्ने सूचनाकाे आधारमा अख्तियारले वैशाख ४ गते नियन्त्रणमा लिइएको थियो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकोले निज तिवारीलाई बिगो बीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन अख्तियारले दायर गरेकाे आराेप पत्रमा उल्लेख छ ।