खेलकुद महासंघ भरतपुर महानगर कमिटी अध्यक्षमा गुरुङ

433

साझाट्युव :चैत १२, काठमाडौं ।
नेपाल खेलकुद महासंघ भरतपुर महानगरपालिकाको प्रथम अधिबेशनबाट सर्वसम्मतरुपमा योग बहादुर गुरुङ अध्यक्षमा चयन भएका छन् ।
खेलाडीहरु , प्रशिक्षक तथा पदाधिकारी साथै खेल सुभचिन्तकको सयौं संख्याको भेलाले गुरुङको अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्वाचित भएका हुन् ।
उक्त अधिबेशनलाई महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) ले भरतपुर स्थित नेकपा एमालेको पार्टी कार्यलयमा समुदघाटन गरेका छन् । एमालेको जनबर्गिय सङठन नेपाल खेलकुद महासङले यहि बैशाख ५ सम्ममा ७७ जिल्ला तथा सबै पालिका अन्तर्गतका कमिटीहरु बनाउदै कृयाशिल बनाउने नीति अनुरुप सात प्रदेश तथा उपत्यका विशेष कमिटीको गठन गरिसकेको छ । अबको स्थानीय निर्वाचनलाई समेत मध्यनजर गरि गत चैत्र २८-२९ गते काठमाडौमा बसेको दोस्रो महाधिवेशन आयोजक कमिटीको प्रथम बैठकको निर्णय बाट महासंघका निवर्तमान उपमहासचिव धरम बहादुर लामाको सयोजकत्वमा १००१ सदस्य चुनाव प्रचार प्रसार तथा निर्वाचन परिचालन कमिटी गठन समेत गरि सकेको छ।
हामीले खेलकुदलाई मनोरंजनका साथै अतिरिक्त क्रियाकलाप मात्र नसम्झेर खेलकुद मानव जीवनको अनिवार्य क्रियाकलापका रुपमा लिनु पर्ने कुराको जोड दिदै प्रदेश न १ खेलकुद बिकास बोर्ड का कार्यकारी सदस्य सचिव तथा नेपाल खेलकुद महासङका अध्यक्ष कृष्ण बस्नेत(पर्शुराम) बताए।
आजको कार्यक्रममा महासंघका निवर्तमान उपाध्यक्ष ओमकृष्ण प्रसाईं, दिपेन्द्र दाहाल कोषध्यक्ष बिदुर शर्मा, उपमहासचिव धरम बहादुर लामा, उमेश केसि, सचीव कपिल न्यौपाने ,पुस्प जोशी महासंघका बाग्मती अध्यक्ष सिताराम कार्की तथा नेकपा एमाले चितवन जिल्ला कमिटीका उपाध्यक्ष कमल पाठक, उपसचिव निशा अधिकारी लगायत सयौ संख्यामा खेलकुद क्षेत्रका प्रतिष्ठित ब्यक्तित्वहरुको समेत बाक्लो उपस्थित रहेको थियो ।

LEAVE A REPLY