गठबन्धनलाइ कायम राख्न मुगुमा कांग्रेसले माओवादी र एकीकृत समाजवादी समेतलाई दियो जिससमा स्थान

164

साझट्युब : २९ जेठ, मुगु ।
जिल्ला समन्वय समितिमा कांग्रेसको एकल बहुमत पुग्ने भएत पनि नेपाली नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेत समावेश गरेको छ ।

काग्रेसबाट प्रमुख, उपप्रमुख साथै ५ सदस्य लिएको छ । भने माओवादी अनि एकीकृत समाजवादीले एक-एक सदस्य पाएका हुन् ।

 

मुगुमा ४ स्थानीय तह भएकोमा कांग्रेसले दुई प्रमुख र तीन उपप्रमुखगरि ५ जितेर जिससमा एकल बहुमत बनाएको भएता पनि तीन दलीय गठबन्धनलाई निरन्तरता दिनलाई माओवादी र एकीकृत समाजवदीलाई एक-एक सदस्य दिएको कांग्रेसका जिल्ला सभापति ऐनबहादुर शाहीले जानकारी दिए ।
त्यसैगरी कांग्रेसबाट प्रमुखमा मञ्जनबहादुर कार्की र उपप्रमुखमा नैली कार्की निर्विरोध भएका छन् ।

 

त्यस्तै कांग्रेसदेखि एक खुल्ला सदस्य, एक दलित अल्पसख्यक सदस्य र तीन महिला सदस्य गरि ५ जना निर्विरोध निर्बाचित भएका हुन् । त्यसैगरी झमुरा रावल,पंचकला नेपाली, सुन्तला मल्ल, सोनाम लामा, ध्रुव बिक सदस्य बनेका हुन् ।

त्यस्तै नेकपा माओवादीदेखि कर्णप्रसाद माठागाइ संज्याल र नेकपा एकीकृत समाजवादीदेखि दान बहादुर रावल सदस्यमा निर्विरोध भएका हुन् ।

यसैगरी उपप्रमुख मात्र जितेको नेकपा एमालेबाट जिससका उम्मेदवारको प्रस्तावक र समर्थक कोहिपनि भएनन् । त्यहिकारन उनले उम्मेदवारी दिएन । जिससका पदाधिकारी सम्बन्धित जिल्लाका स्थानीय तहका प्रमुख र उपप्रमुखले चयन गर्ने व्यवस्था रहेको छ ।

LEAVE A REPLY