साझट्युब : ३० वैशाख, चितवन |नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा‘बादल’ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ हारलाइ स्वीकार गरेर फर्किएको टिप्पणी गरेका हुन् । भरतपुरको मतदानपछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिँदै थापाले एमालेको जित सुनिश्चित भएको दाबीसमेत गरेका छन् ।
उनले भने ‘गठबन्धनले हार हुन्छ भनेर स्वीकार गरी सकेको छ | ‘विहान उहाँ(प्रचण्ड) ले पनि हार स्वीकार गर्नु भएको छ। मतदानमा हार जित स्वभाविकै रुपमा लिनुपर्छ भन्नुको अर्थ त्यहीँ हो।’थापाले भने |