गुल्मीको सत्यवती गाउँपालिका अध्यक्ष एमालेबाट भीमप्रसाद पाण्डेको बिजयी

254

साझट्युब :२ जेठ, काठमाडौं ।

गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका भीमप्रसाद पाण्डे बिजयी भएका छन् । उनले ६ हजार २६७ मत प्राप्त गरेका हुन् ।

उपाध्यक्षमा नेकपा एमालेकै निरमाया तरामुले ६ हजार २२४ मत पाएर विजयी भएकी छन् । गाउँपालिकामा अध्यक्ष पदमा पाण्डेका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६११ मत प्राप्त गरेका हुन् ।

 

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५६१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले बताएका छ । गाउँपालिकाको ८ वडामध्ये ५ वटामा एमाले, २ वटामा कांग्रेसले जितेको छ, भने एउटा वडामा नेकपा माओवादी केन्द्रले बिजयी भएका छन् ।

जसअनुसार वडा नम्बर १, २, ४, ७ र ८ मा एमाले र ५ र ६ मा नेपाली कांग्रेस, ३ मा माओवादी केन्द्रले वडाध्यक्षमा निर्बाचित भएका छन् गाउँपालिकामा १९ हजार २२५ जना मतदाता रहेकोमा १२ हजार ४३२ जनाले मतदान दिएका थिए ।

LEAVE A REPLY