गृहमन्त्रीलाई संसद्‌मा चन्दा चौधरीको प्रश्न आफूलाई दुर्व्यवहार गर्नेमाथि कारबाही प्रक्रिया कहाँ पुग्‍यो

164

साझट्युब : २७ जेठ, काठमाडौं ।

लोकतान्त्रिक समाजवादी पार्टीकी सांसद चन्दा चौधरीद्वारा आफूलाइ आक्रमणको प्रयास गरेको र आमालाइ समेत दुर्व्यवहार गर्नेलाई कारबाही हुने प्रक्रिया कहाँ पुग्यो र के भैरहेको छ,भन्दै गृहमन्त्री बालकृष्ण खाँणसित जवाफ मागेकी हुन् ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा चौधरीले गएको २७ वैशाखमा सत्तारुढ दलका व्यक्तिले आफू र आफ्नी ८० वर्षीया आमामाथि दुर्व्यवहार गर्ने ब्यक्तिलाइ कारबाही प्रक्रियाबारे सदनमा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने भनेकी छिन् ।

गत स्थानीय तह निर्वाचनको समयामा घरमै रहेका बेला सत्तारुढ दलका व्यक्तिले ज्यान लिने गरी आएका र स्थानीय प्रशासनले आफूलाई उद्धार गरेको उनले जानकारी दिएकि हुन् ।

त्यसैगरी वृद्धा आमा समेतलाई दुर्व्यवहार र आफ्नो ज्यान लिन खोज्नेलाई कानुनी कारबाही गर्नुपर्ने माग राख्दै सांसद चौधरीले कारबाही प्रक्रियाबारे जानकारी मागेकी छिन् ।

बिगत २७ वर्षबाट आफ्नो परिवारमाथि आक्रमण भइरहेको भन्दै उनले २७ वर्षअघि बेपत्ता बनाइएको दाइबारे अझै अतोपतो नभएको भनेकी हुन् ।

LEAVE A REPLY