‘चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँमा युनिटमा किन्ने गरेको छ-अध्यक्ष केपी शर्मा

146

साझाट्युव : बैशाख ७, काठमाडौँ ।

लोडसेडिङ अन्त्य भयो भनेर प्रचारप्रसार गरिएको तर वास्तवमा लोडसेडिङ अन्त्य नभएको एमालेका अध्यक्ष केपी शर्मा भनाई रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्माले ललितपुरमा बुधबार आयोजित एमालेको ‘युवासँग म’ कार्यक्रममा आलोचना गर्दै भनेका छन् -लाज मानेर फोटो हटाउ भने, लोडसेडिङ यस्तो छ।

माओवादीले घिसिङको तस्बिर राखेर चुनाव प्रचार सामग्री तयार पारेको थियो । उक्त तस्बिरमा घिसिङले सन्तुष्टि जनाएपछि र आलोचन भएपछि उनको तस्बिर हटाएका थिए । सोही कुरालाई लिएर ओलीले घिसिङको आलोचना गरेका हुन् ।

‘गफ दिने बेलामा लोडसेडिङ समाप्त पार्ने, लोडसेडिङहन्ता, महान् यताउता भनेर प्रचार गर्ने !
एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने लोगो पनि बनाएको थियो,’
उनले भने, ‘पछि त्यो कर्मचारीले लाज मानेर मेरो फोटो हटाउ भनेछन् । लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा तीनचोटि बत्ति जान्छ ।’

विद्युत् निर्यातमा प्रतियुनिट ३४ रुपैयाँ घाटा भइरहेको दाबी गरे । भारतमा विद्युत् निर्यातमा नेपाललाई घाटा भएको पनि ओलीले बताए ।उनले भने, ‘चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँमा युनिटमा किन्ने गरेको छ। चार रुपैयाँमा बेचेर ३८ रुपैयाँमा किन्दा ३४ रुपैयाँमा प्रतियुनिट घाटामा ।यस्ता व्यक्तिको फोटो लिएर हिँड्ने दल पनि छन् गठबन्धनभित्र ।’

LEAVE A REPLY