साझट्युब : २२ जेठ , चितवन ।
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा २२ जनाको जंगली जनावरको आक्रमणबाट मृत्यु गएको छ।
चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न तथा बस्तु चराउन जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कदै गर्दा जंगली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरुको मृत्यु भएको हो।
चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाए ।
बाघको आक्रमणबाट १३ जना गैँडाको आक्रमणबाट ६ र जंगली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जनाए ।