चिनियाँ नागरिक अपहरणको आरोपमा ६ नेपाली पक्राउ

236

साझाट्युव :१९ साउन, काठमाडौं ।

एक चिनियाँ नागरिकलाई लैनचौरदेखि अपहरण गरेको अभियोगमा ६ जना नेपालीहरु पक्राउ परेका हुन् ।

गए रति चिनियाँ नागरिकलाई लैनचौरदेखि अपहरण गरेर गोंगबुमा बन्धक बनाएर थुनेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

अपहरण परेका चिनियाँको उद्धार गर्नुका साथै अपहरणमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ ।

चिनियाँ नागरिकको साथ बाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल पनि लुटिएको प्रहरीको दाबी छ । अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौती माग राखेको बुझिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ गरेकाहरुविरुद्ध थप अनुसन्धानका निम्ति म्याद थप गरिएको प्रहरीले बताएको छ । परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण भने सार्वजनिक गरेको छैन् ।

LEAVE A REPLY