साझाट्युव : चैत ११,काठमाडौं ।
भ्रमणको सिलसिलामा भारत हुँदै चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका छन् ।
सोमबार मात्रै पाकिस्तान पुगेका वाङ अफगानिस्तान अनि भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्।
२५ सदस्यीय टोलीसहित तिन दिने भ्रमणका लागि काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिका होटेल जानेछन् भने उनले औपचारिक भेटघाट भने भोलि शनिबार बिहानबाट मात्रै गर्नेछन्।
भोलि शनिबार विहान उनी बिहान साढे ६ बजे नै शिवपुरीमा हाइकिङ जाने छन् त्यसपछि बिहान नै नेपालका समकक्षी डा.नारायण खड्कासँग भेटघाट गर्नेछन् ।
त्यसैगरी,शनिबार दिउँसो वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाइ भेट्ने छन् भने आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्ने तय भएको छ ।
त्यस्तै,उनले आइतबार नै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेपछि सोहि साँझ चीन फर्किने कार्यक्रम तय भएको छ ।
नेपालस्थित चिनियाँ दूतावास स्रोतले जानकारी दिए अनुसार विदेशमन्त्री वाङले आज साँझ दूतावासका अधिकारीहरुसँग नेपालको पछिल्लो परिस्थितिबारे जानकारी पनि लिनेछन् ।