चुनावका लागि वैदेशिक सहयोगको आजसम्म संकेत आएन: निर्वाचन आयोग

142

साझाट्युव : बैशाख ५, काठमाडौं। 

निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि वैदेशिक सहयोग नआएको बताएको छ ।

प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोगद्वारा गरिने नियमित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

वैदेशिक साहायता के कस्तो प्राप्त भयो भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा उनले आयोगले सहयोगका लागि आह्वान गरेको तर, हालसम्म सहयोगको कुनै आश्वासन वा संकेत नआएको जानकारी दिए ।

पौडेलले ‘आयोगले अर्थमन्त्रालयसँगको समन्वयमा सबै दाताहरुसँग जुम मिटिङ गरेको थियो । जुम मिटिङमा त्यति उत्साहजनक प्रतिबद्धता प्राप्त भएन ‘ भने ।

आयोगले यो सामान उ सामान नभनेरै वैदेशिक सहयोगको आह्वान गरेको बताएको छ । वैदेशिक साहायता प्राप्त भएको भए नेपाल सरकारको बजेट बचत हुन्थ्यो भन्ने आयोगलाई लागेको थियो।

तथापि, तालिमलगायतका विषयमा दुई वटा विकास साझेदार संस्थाहरुबाट सहयोग प्राप्त भएको पौडेलले बताए ।

LEAVE A REPLY