चुनावमा सत्ता गठबन्धनले धाँधली गर्न खोजेको : बादल

138

साझाट्युव: वैशाख २४,चितवन ।

सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनमा धाँधली गर्न खोजेको भनेर नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले बताएका छन् ।

चितवन भरतपुरमा नेकपा एमालेद्वार आइतबार गर्ने चुनावी सभाको पूर्वसन्ध्यामा एमाले प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले सत्ता गठवन्धन पराजय हुने डरले निर्वाचनमा धाँधली गर्ने दाउमा लागिपरेको आरोपसमेत लगाएका छन् ।

उपाध्यक्ष थापाले भरतपुरमा सत्तारुढ दलका विभिन्न नेताहरुले दिएको अभिब्यक्तिमाथि टिप्पणी गर्दै एमालेको विजय सुनिश्चित जस्तो देखेपछि दक्षिणपन्थी गठबन्धन उत्तेजित बनेर निर्वाचन जित्न अनेक हत्कण्डा अपनाउने रणनीति बनाइरहेका बताए ।

यसैक्रममा नेता थापाले भने ‘भरतपुर अनि डडेल्धुराको कार्यक्रममा उनीहरुले के के गरेका छन् र के के भनेका छन् सबैलाई थाहै छ, गठबन्धनलाई नजिताउने हो भने दुर्घटना हुनसक्छ भनेर जनतालाइ तर्साउने, र उत्तेजित पार्ने काम गरिरहेका छन्’ ।

अब आउने निर्वाचन दक्षिणपन्थी शक्ति र अग्रगामी समाजवादी शक्तिका बिचको भीषण संघर्ष भएको भनि थापाले बताए । हालको सरकार विकास अनि समृद्धिलाई कसरी रोक्नेहो भन्नेतर्फ लागिपरेको भन्दै उनले सरकारले देशलाई आर्थिक संकटतर्फ धकेल्न थालेको बताए ।

LEAVE A REPLY