चुनावी तालमेल सम्बन्धमा कांग्रेस प्रदेश सभापतिको मत फरक

417

साझाट्युव :चैत ११, काठमाडौं ।

चुनावी तालमेल सम्बन्धमा नेपाली कांग्रेसका प्रदेश सभापतिहरु विच नै मत फरक देखिएको छ।

पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज शुक्रबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकको सुरुमा प्रदेश सभापतिहरुले नै रिपोर्टिङ गरेका थिए ।

यससन्दर्भमा प्रदेश १ का सभापति उद्धव थापा, मधेस प्रदेशका सभापति कृष्ण यादव र बाग्मतीका इन्द्र बानियाँ चुनावी तालेमलको पक्षमा उभिएका छन् भने थापा, नेता कृष्ण सिटौला तथा यादव बानियाँ सभापति देउवा निकटका हुन् ।

तर यससन्दर्भमा गण्डकी प्रदेशका सभापति शुक्राज शर्मा, लुम्बिनीका अम्मरसिंह पुन चुनावी तालेमलको विपक्षमा रहेका छन् ।

यसैगरी,कर्णालीका सभापति ललितजंग शाहीले यससन्दर्भमा विगतमा जितेको आधारमा तालमेल गर्दा माओवादी केन्द्रलाई धेरै स्थान छाड्नुपर्ने देखिएकोले विचार गर्न नेतृत्वलाई आग्रह गरेका थिए। आजको बैठकमा सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायर भने उपस्थित भएका थिएनन् ।

LEAVE A REPLY