छुरा प्रहारबाट गम्भिर घाइते भएका चर्चित लेखक रुस्दीको अवस्था गम्भीर

228

साझाट्युव : न्युयोर्क, २९ साउन :

गत शुक्रबार साँझ चर्चित लेखक सल्मान रुस्दीमाथि अमेरिकाको न्युयोर्कमा आ,क्र,मणमा परेका उनको अवस्था गम्भीर भएको बताएको छ ।

न्युयोर्क राज्य प्रहरीद्वारा छुरा प्रहार भएको पुष्टि गर्दै उनलाई हेलिकप्टरदेखि क्षेत्रीय अस्पताल लगिएको जानकारी दिएको छ । हाल रुस्दीको अवस्था गम्भीर भएको र उनलाइ आवश्यक हेरचाह गरिएको गभर्नर क्याथी होचुलले जानकारी दीइन ।

प्रहरीले आक्रमणकारीलाई पक्राउ गरेको प्राप्त विवरणमा जानकारी दिएको छ । सोसल मिडिया पोष्टहरूमा कालो लुगा र कालो मास्क लगाएका एक व्यक्तिले मञ्चमा हामफालेर आक्रमण गरेका थिए । आक्रमण भए लगत्तै रुस्दी भुइँमा ढलेका थिए ।

विगतमा प्रख्यात कृति ’द सैटानिक भर्सेसका कारण उनलाई ज्यान मार्ने धम्की आएको थियो ।

LEAVE A REPLY