जजिराको जहाज,गौतमबुद्ध विमानस्थलमा रोकियो

316

साझट्युब :९ जेठ, काठमाडौं ।

कुवेतदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको जजिरा एयरवेजको जहाज त्यहि विमानस्थलमा रोकिएको छ ।

विमानस्थलका एक अधिकारीका भनाइ अनुसार जहाजमा चरा ठोक्किएको हुनसक्ने आशंका गरिएको हो । तर, धावनमार्गमा कहिँ कतै पनि अवशेषहरु नदेखिएकाले । जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका हुँदा चरा इन्जिन भित्र घुसेको छ की भनेर आशंकामा जहाजलाइ रोकिएको ती अधिकारीले बताए ।

 

अधिकारीका अनुसार काठमाडौंदेखि इन्जिनियरहरु पुगेपछि जहाजको इन्जिनमा चेकजाँच गरिने भएको छ । त्यसपस्चात मात्र जहाज उड्नेछ । ‘बाहिरी हेर्दा कुनै क्षति भएको छैन, अवतरण पनि सामान्य भएको थियो, त्यस्तै अधिकारीले भने, ‘कतै इन्जिनको भित्रि भागमा चरा पसेको छ की भन्ने आशंकाले जहाज रोकिएको हो ।’ राति पौने २ बजे अवतरण भएको जहाज राति नै कुवेत वापिस जानुपर्ने थियो ।

LEAVE A REPLY