जनक शिक्षा सामग्री केन्द्र खारेज गरि पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग : नविना लामा

187

साझट्युब : २६ जेठ, काठमाडौं ।

नेकपा एमालेकी सांसद नविना लामाद्वारा जनक शिक्षा सामग्री केन्द्र खारेज गर्न र पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिन माग गरेकी हुन् ।

लामाले आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै जनक शिक्षाले समयमा पाठ्यपुस्तक पुर्याउन नसकेकाले त्यस्तालाई खारेज गर्नुपर्ने बताएकी हुन् ।

 

यतिबेला ‘कक्षा ६ र ८ को पुस्तकको अभाव भएको छ, उनले भनिन्, पुस्तक किन अभाव भएको छ , जनक शिक्षा सामग्रीलाइ बचाउने नाममा विद्यार्थीहरुले पुस्तक कहिल्यै पाएका छैनन ,’‘ यसरीनै छाप्ने र वितरण गर्न नसक्ने हो भने जनक शिक्षा सामग्री के को लागि चाहियो ? सरकारले किन पैसा दिरहन्नुपर्ने ? यसलाई खारेज गरौं लामाले भनिन ।’

लामाले जनक शिक्षा सामग्री खारेज गरेर पाठ्यपुस्तक छाप्ने जिम्मा निजीलाई दिनुपर्ने समेत उद्रित गरिन । ‘ सामयामा कागज किन्न र छाप्न नसक्ने किन भयो ? कागजको ठेक्का लिनेले किन कागज ल्याएनन् ? कारबाही हुनुपर्छ, लामाले भनिन्, ‘हामीले वैकल्पिक उपायलाइ खोजेर निजीलाई दिने कुरा गर्नुपर्छ अनि तुरुन्त किताब पाउने कुराको सुनिश्चित हुनुपर्छ ।’

त्यस्तै जनक शिक्षा सामग्रीको व्यवस्थापनको कमजोरीको कारण विद्यार्थीहरुले समयमै पाठ्यपुस्तक नपाएको साथै त्यहाँका पदाधिकारी जवाफदेहीसमेत नरहेकोसमेत उनले बताइन् ।

LEAVE A REPLY