जनता समाजवादी पार्टी नेपालको चुनावी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट

163

साझट्युब : २५ जेठ,जनकपुरधाम ।  

जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको छ । अध्यक्ष उपेन्द्र यादव अतिथि रहेको धनुषाको स्थानीय निर्वाचन सम्बन्धी समीक्षा बैठकमा नेताहरूबीच कुटाकुट भएको हो ।

नामै किटेर केही नेताको अन्तर्घातका कारण जिल्लाका विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लागेपछि नेताहरूबीच विवाद भएको थियो । नगरपालिकाका जसपा अध्यक्ष वैधनाथ रायले चुनावमा केन्द्रीय सदस्य साधु यादवलगायतको समूहले गरेको अन्तर्घातका कारण विभिन्न पालिकामा हार व्यहोर्नु परेको आरोप लगाएपछि विवाद बढ्दै कुटाकुट भएको बैठकमा सहभागी एक नेताले जनाए ।

उनले साधु बसेको सिटमा नगरध्यक्ष यादव समर्थकहरूले हात हालेपछि दुवै पक्षबीच कुटाकुट भएको थियो ।

केन्द्रीय अध्यक्ष यादवको निर्देशनमा कुटाकुट गर्नेलाई सभाबाट बाहिर निकालिएपछि माहौल शान्त भएको थियो । कुटाकुटमा सिकिन्दर सिंह यादव, जितेन्द्र मुखिया र अवधकिशोर रविदासलाई चोटपटक लागेको जनाइएको छ । उनीहरूको अवस्था सामान्य रहेको ती नेताले जनाए ।

LEAVE A REPLY