
साझाट्युव : बैशाख ७, काठमाडौँ ।
फ्रेइबर्ग, जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । बैशाख ६ गते मंगलबार राति ह्यामबर्गर एसभीलाई ३–१ ले हराउँदै फ्रेइबर्ग पहिलो पटक जर्मन कपको फाइनलमा पुगेको हो । फ्रेइबर्गले अब उपाधिका लागि आरबी लाइपजिग र युनियन बर्लिनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
फ्रेइबर्गलाई खेलको ११औँ मिनेटमा निल्स पिटर्सनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
तेसैगरी १७औँ मिनेटमा निकोलस होफ्लरले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने भिकान्जो ग्रिफोले ३५औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता ३–० को बनाएका थिए ।
खेलको ८८औँ मिनेटमा रोबर्ट ग्लाटजेलले ह्यायामबर्गरका एक गोल फर्काए ।