साझाट्युव : २४ असार, काठमाडौं ।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाइ गोली प्रहार गरेको छ । जापानको पश्चिम क्षेत्रको नारा भन्ने सडकमा भाषण गरिरहेको समयामा आबेमाथि पछाडिबाट गोली प्रहार गरेको हो ।
जापानका मिडियाहरुका अनुसार उनी घटना पछि बेहोस अवस्थामा रहेका छन् । समाचार एजेन्सी एनएचकेका अनुसार गोली लागेको स्थानबाट रगत बगिरहेको थियो । त्यसलगतै उनलाई हृदयाघात भएको हुनसक्ने अनुमान रहेको छ ।
आबेलाइ नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । भने उनको अवस्था गम्भीर रहेको छ । गोली प्रहार गर्ने ति व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भईरहेका प्रहरीले बताएको छ ।