जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ

317

साझाट्युव : चैत २२ ,काठमाडौं। बाँकेको कोहलपुरमा जुवातास खेलिरहेको अवस्थामा पाँचजनालाई प्रहरीले पक्राउ गरेका छन् ।

कोहलपुर नगरपालिका–११, बसपार्कस्थित होटेल र्‍याडिसनबाट जुवातास खेलिरहेको अवस्थामा गए राति उनीहरू पक्राउ पक्राउ परेका हुन् ।

यस्तै ,इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ६२ हजार ६५० रूपैयाँसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

LEAVE A REPLY