जेठ १८ देखि भारतले चिनी निर्यातमा रोक, नेपाल लाई असर पर्छ कि पर्दैन ?

224

साझट्युब : ११ जेठ, काठमाडौं ।

भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । यही १८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

भारतीय सञ्चार माध्यम इकोनोमिक्स टाइम्सका अनुसार १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।

समाचारमा भनिएकाे छ,’ भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ चार महिना सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको हाे।’ केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।

रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला बिग्रिए पछि विभिन्न मुलुकले त्यसको असरबाट आफ्नो मुलुकलाई बचाउन खाद्यान्न जोहोको निर्णय गरिरहेका छन् । केही दिन अघि भारतले फलामको कच्चा पदार्थ स्पन्ज आइरनको निर्यातमा कर वृद्धिको निर्णय गरेको थियो ।

नेपाल चिनी उद्योग संघले दिएका जानकारीअनुसार यो चालु आवमा नेपालमा ३ लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो । तर, त्यसमा कति उपभोग भयो भन्ने विवरण कुनै सरकारी निकायसँग छैन् । चालु आर्थिक वर्षको वैशाखसम्म ४ अर्ब ८३ करोडको ९४ हजार ८४ मेट्रिकटन चिनी नेपालमा आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय पश्चात यसले नेपाली उपभोक्ता प्रत्यक्ष मारमा पर्छन् । नेपालमा रहेका चकलेट, बिस्कुट, इनर्जी ड्रिंक्स, मिठाई लगायतका उद्योग प्रत्यक्ष मारमा पर्छन् । भन्सार विभागको पछिल्लो विवरणअनुसार नेपालमा भारत लगायतका देशबाट १० महिनाको अवधिमा करिव ९५ हजार मेट्रिकटन चिनी आयात भएको छ।

LEAVE A REPLY