जेलमा हुदाँ साथीहरू भेट्न नआएकोमा गुनासो गर्दै भाइरल बनेका म्यादी प्रहरी

173

साझाट्युव :  २९ वैशाख, काठमाडौं । 

सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर ‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो मेदी हो क्या ’ भन्दै गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् ।

स्थाई घर बाणगंगा नगरपालिकामा भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा पक्राउ गरेको थियो ।

हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् ।

तर उनले आफू जेलमा हुदाँ साथीहरू भेट्न नआएकोमा गुनासो गर्दै “३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, किस्ने तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी। अरू सब आथे तर तँहरू आइनस् के। त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।”भनेका छन्।

यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो । उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

LEAVE A REPLY