झरन कला केन्द्रको आयोजनामा अमर वान्तु प्रतिभा पुरुस्कार

354

साझाट्युव : भदौ ३०, काठमाडौं ।

शंखमुल स्थित झरन कला केन्द्रको आयोजनामा अमर वान्तु प्रतिभा पुरुस्कार भएको छ। सो कार्यक्रममा झरन कला केन्द्रको बिधार्थीहरुको बिचमा नृत्य प्रतिस्पर्दा भएको थियो। सो प्रतिस्पर्दामा प्रथम दोस्रो तेस्रो र संतवानालाइ पुरस्कृत गरिएको थियो।

 

हरेक महिनाको अन्तिम सनिबारहुने अमर वान्तु प्रतिभा पुरुस्कार कार्याक्रममका संयोजक झरना कला केन्द्रका प्रबन्ध निर्देशक तथा मोडेल साथै झरना कलाकेन्द्रका नृत्य प्रशिक्षक मनिसा राइ थिए, भने कार्याक्रमका संचालक याद कुमार बिश्वोकर्मा रहेका थिए ।

उक्त कार्यक्रमका प्रमुख अथिति बरिष्ठ गजलकार तथा गीतकार अमर वान्तु रहेका थिए। साथै सो नृत्य प्रतिस्पर्दाका जजका रुपमा पनि उनि लगायत हास्य कलाकार गणेश ईसार र गायक तारा बिर पाण्डे रहेका थिए । नृत्य प्रतिस्पर्धी अधिकांसले राईद्वारा रचना गरिएको गितमा नृत्य गरेका थिए। नृत्यमा प्रथमहुनेलाई रु,१०००० दोस्रोलाई रु, ८००० त्यसैगरी तेस्रोलाइ रु, ७००० र संत्वोनालाइ रु,२००० पुरुस्कार गीतकार राई आफैले प्रदान गरेका थिए ।\

उक्त कार्यक्रममा आमा छोरीको समेत प्रस्तुति रहेका थिए भने उनीहरुको समूह दोस्रो स्थान हासिल गरेका थिए । सो कार्यक्रममा सबै उमेर समुहका प्रतिस्पर्धीहरु रहेका थिए ।

LEAVE A REPLY