ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध

195

साझट्युब : २६ जेठ, काठमाडौं ।

वर्षाका कारण ठाउँ ठाउँमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग बुधबार रातिदेखि अवरुद्ध भइरहेको छ ।

गए राति बुधबार अन्दाजी ११ बजेतिर घोप्टेभिरमा गएको पहिरोले सडक अवरुद्ध भएको छ ।

त्यस्तै आज बिहान चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर ६ स्थिति नाम्सीखोलामा पनि पहिरो गएकोले सडक अवरुद्ध भएको हो । गए रातिदेखीको वर्षा नरोकिएकाले सडकको पहिरो अझै हटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । १२ घण्टा बाट दुईतर्फी सडक अवरुद्ध भएको हुँदा यात्रुहरुको बिचल्ली भएको हो ।

यसैगरी काठमाडौं बाट नागढुंगा थानकोट क्षेत्रमै सवारी साधनहरुको लाइन लागेको छ, भने पश्चिमतर्फ मुग्लिन पारी आँबु खैरेनीदेखि नै सवारी साधनको लाइनताती रहेको पनि प्रहरीले जनकारिदिएको छ । सो पहिरो हटाउनलाइ एक्स्काभेटर र डोजर तयारी अवस्थामा भएता पनि ठूल्ठूला ढुंगासहितको पहिरो निरन्तर झरिरहेकाले पन्छाउन नसकिएको प्रहरीले बताएको छ ।

त्यस्तै घोप्टेभीरको पहिरो निकै ठूलो भएकाले पन्छाएर बाटो खुलाउन लामो समय लाग्नसक्ने पनि प्रहरीले बताएको छ । बुधबार साँझ हिडेका यात्रुहरु बिचमा विचल्ली भएको हुनले बिहीबार बिहानबाट भने सवारी साधनहरुलाई हरेक नाका नाकामै रोकिएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी चितवनको इच्छाकामना गाउँपालिका–६ तोपेखोलाको नाम्सी पुलमा निरन्तर वर्षाका कारण गएको पहिरोले मुग्लिन र चितवन सडकखण्ड पनि अवरुद्ध भएको छ । प्रहरीका अनुसार त्यहाँ पनि पहिरो पन्छाउनलाइ कठिनाई भईरहेको छ ।

LEAVE A REPLY