
साझट्युब : ३१ वैशाख, काठमाडौं ।
सरकारले डिजेल, पेट्रोल अनि मट्टीतेलको मूल्य ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको छ ।
त्येस्तै पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ भएको छ | भने डिजेल र मट्टीतेलको मूल्य १५३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले शनिबार रातिदेखि लागु हुनेगरी मूल्य बढाउने निर्णय गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले भनेका छन् ।
स्थानीय तहको निर्वाचनलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारीमात्रामा वृद्धि गरेको छ ।