ताइवान नजिकै चीनले गर्‍यो २ मिसाइल प्रक्षेपण

164

साझाट्युव :१९ साउन, नेपालगञ्ज ।

चीनले ताइवानको नजिकै सैन्य अभ्यास सुरु गर्दै दुई वटा मिसाइल प्रक्षेपण गरेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनदेखि प्रक्षेपण गरेको छ । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटदेखि थोरै टाढा रहेको छ ।

यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

अमेरिकी सभामुख नेन्सी पेलोसी ताइवान भ्रमणदेखि फर्किएपछि लगतै चीनले ताइवानको सिमाना वरपर सैन्य अभियान सुरु गरेको हो । यो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरुमा पनि हुने बीबीसीले बताएको छ ।

गएको मंगलबार अमेरिकी सभामुख पेलोसी ताइवानको भ्रमण गरेकी थिइन् । ताइवानका शीर्ष नेताहरुसित भेटवार्ता गरी त्यहाँबाट बुधबार फर्किएकी हुन् । यो भ्रमणले चीन–अमेरिका र चीन–ताइवानको बीच विवाद बढाएको छ ।

 

LEAVE A REPLY