साझट्युब : १६ जेठपोखरा ।
तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शवहरुलाई संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको स्थानियाबासिले जनाएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले कति शव भिर साथै खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको पनि जानकारी दिए ।
उनले भने ‘शवहरू गन्दै छौँ। धेरै अप्ठेरो ठाउँ भएकाले ‘ भर्खर आएको हुनाले केही शव अंगभंग देखेर नचिनिनेहोकी जस्तो लागेको थियो । तर, सबै शवहरू छिन्न सकिन्ने अवस्थामा भएको बताए ।
त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।
त्यस्तै उनले नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको पनि जानकारी दिएका छन् ।