तिन दिनको मौसम

376

साझाट्युव : चैत २१ ,काठमाडौं।

अहिले देशमा भारतको बिहारको आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव परिरहेको छ। १ नम्बर प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशको अन्य केहि भू-भागमा मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा हुनेछ। यस्तै,प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।

त्यसैगरी,मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ।

साथै,बुधबार प्रदेश १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहने छ भने प्रदेश १ को नै पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको छ।

LEAVE A REPLY